रुनी अब इंग्लिस क्लब डर्बीको प्रशिक्षक

डिसी नेपाल
२२ साउन २०७६ ७:३९

एजेन्सी । इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनी इंग्लिस क्लब डर्बी काउन्टी फर्किएका छन् । अमेरिकी क्लब डीसी युनाइटेडका स्ट्राइकर रुनीलाई च्याम्पियनसिप क्लब डर्बी काउन्टीले खेलाडी र प्रशिक्षकको भूमिकामा क्लबमा अनुबन्ध गरेको छ ।

रुनीले डर्बीसँग १८ महिने सम्झौता गरेका छन् । रुनी २०२० को जनवरीबाट डर्बीमा आबद्द हुने छन् । डीसीसँगको उनको सम्झौता आगामी नोभेम्बरमा सकिने छ । डर्बीसँगको सम्झौतापछि बोल्दै रूनीले डर्बीले दिएको अवसरलाई आफुले प्रमाणित गर्ने बताए ।

डर्बीसँगको सम्झौतासँगै रुनीले फ्रान्क लाम्पार्डको स्थान लिएका छन् । लाम्पार्ड चेल्सीको प्रशिक्षक नियुक्त भएपछि डर्बीले रुनीलाई अनुबन्ध गरेको हो । म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट गत वर्ष डीसीमा अनुबन्धित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *