युभेन्ट्स छाड्दै डिबाला, युनाइटेड पछाडी हटेपछि टोटेनहमले लैजाने !
एजेन्सी । अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई ७० मिलियन युरो तिर्ने टोटेनहमको प्रस्तावलाई युभेन्ट्सले स्विकार गरेको छ । पछिल्लो सहमतीले डिबाला प्रिमियर लिग क्लब टोटेनहम आउने सम्भावना बढेको छ ।
सन् २०१५ मा टुरिन आएपछि युभेन्ट्सले डिबालालाई मुख्य खेलाडीको रुपमा प्रस्तुत गर्दै आएको थियो । उनी सम्मिलित युभेन्ट्सले चार सिजन सिरि एको उपाधि जितेको थियो । तर गत सिजन क्रिस्टियानो रोनाल्डो युभेन्ट्स आएपछि डिबालाको भुमिका ओझेलमा परेको थियो। अहिले उनको भूमिकालाई लिएर प्रश्न उठ्न सुरु भएको छ ।
अर्जेन्टिनी फरवार्डले गत सिजन १० गोलमात्र गरेका थिए । त्यसअघिको सिजनमा उनले २६ गोल गरेका थिए । डिबाला पछिल्लो समय म्यानचेष्टर युनाईटेडसंग जोडिएका थिए । उनी र युनाईटेडका रोमेलु लुकाकुको बिषयमा दुवै क्लब सहमती नजिक थिए । तर डिबालाको तलबको बिषयमा कुरा नमिलेपछि युभेन्ट्स पछाडी हटेको थियो ।
डिबालाको आगमनले टोटेनहमलाई नयाँ सिजनमा ठुलो राहत दिनेछ । टोटनहम गत सिजन च्याम्पियन्स लिगको फाईनल प्रवेश गरेको थियो । तर फाईनलमा उपाधि जित्न बञ्चित भएको थियो । सोही कारण नयाँ सिजनका लागि केही खेलाडी अनुबन्धन गर्नुपर्ने चुनौती टोटेनहमलाई छ । उसले दुई नयाँ खेलाडीलाई क्लबमा अनुबन्धन समेत गरिसकेको छ ।
प्रिमियर लिग क्लबलाई नयाँ खेलाडी अनुबन्धन गर्न बिहिबारसम्मको लागि समय छ । डिबालालाई मात्र नभएर टोटेनहमले बार्सिलोनाका फरवार्ड फिलिप कौटिन्होलाई समेत सम्भावित सुचिमा राखेको छ ।
Facebook Comment