स्वराजको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री सुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका छन् ।
यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले दिवङ्गत नेत्रीलाई प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्वका रुपमा चित्रण गर्दै नेपाल–भारत सम्बन्ध विस्तारमा उनले निर्वाह गरेको भूमिकाको स्मरण गरेका छन् । रासस
प्रधानमन्त्री ओलीको ट्वीट
I fondly recall how intimately she used to call me brother and share feelings of affinity.
— KP Sharma Oli (@PM_Nepal) August 7, 2019
Facebook Comment