तस्वीरमा हेर्नुहोस् आगलागीले यसरी ध्वस्त भयो बालुवाटारस्थित सुबिसुको मुख्यालय

काठमाडौं। राजधानीको बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । चिनियाँ राजदूतावास अगाडितर्फ रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको हो ।
हालसम्म प्राप्त जानकारी अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो। आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ । आगो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल पुग्दैछन्। आगो पौने १ बजेतिरदेखि सुरु भएको हो । आगो लागेको स्थान वरपर प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंक, चिनियाँ राजदूतावास लगायतका अत्यन्तै संवेदनशील ठाउँहरु छन् । डिसीनेपालकर्मी आर्यन धिमालले खिचेका फोटोमा हेर्नुहोस् आगलागीले बनाएको हाल –
प्रतिक्रिया
Facebook Comment