सुबिसुमा लागेको आगो नियन्त्रणमा

डिसी नेपाल
२२ साउन २०७६ १७:००

काठमाडौं । इन्टरनेट र केवुल टेलिभिजनको सेवा प्रदायक कम्पनी सुबिसुमा बुधबार लागेको आगो नियन्त्रणमा आएको छ।

सुविसुको बालुवाटारस्थित मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो १२ बजेतिरबाट सुरु भएको आगलागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्रको पहलमा करिव साँढे १ बजेतिर नियन्त्रणमा आएको हो।

नेपाल प्रहरी, सशष्त्र प्रहरीले दमकलका सहायतामा करिव डेढ घण्टा पछि आगो नियन्त्रणमा लिएको सुविसु केवुल नेटवर्क प्रालिका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। उनले बालुवाटार बाहेक अन्य क्षेत्रमा आगलागिका कारण अवरुद्ध भएको सबै सेवा एक घण्टा भित्र सूचारु हुने र बालुवाटारको हकमा भने भोली बिहानसम्म सबै सेवा सूचारु गराउने गरी काम सुरु गरिएको पनि जानकारी दिए।

सुविसुले अहिले सबै सेवा सञ्चालनको काम थापाथलीस्थित कार्यालयबाट भईरहेको पनि जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने आउन अझै केही समय लाग्ने पनि अध्यक्ष पराजुलीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *