अवैध वैदेशिक रोजगारीमा पठाउने सेटिंगमा संलग्न अध्यागमनका अधिकृत अख्तियारको फन्दामा

डिसी नेपाल
२२ साउन २०७६ १७:५६

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ‘सेटिंग’ मिलाएर अवैध रुपमा नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरेको छ ।

कतार र दुबईका लागि भिजिट भिसाका लागि बिचौलियासँग मिलेर अधिकृत पराजुलीले प्रस्थान अनुमति दिएको अख्तियारले जनाएको छ । वैदेशिक रोजगारीमा जाने सिलसिलामा श्रम स्विकृति नलिई कतार, दुबई ट्रान्जिट भई विभिन्न मुलुकमा जाने व्यक्तिलाई बिचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिएको र त्यसको ई अभिलेख समेत नराखेको पाइएकाले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

उनले बिचौलियासँग मिलेर ‘डिपार्चर स्टाम्प’ लगाई अभिलेख समेत गायब पारेको उजुरीमा छानबिन गर्नका लागि मंगलबार पराजुलीलाई नियन्त्रणमा लिइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *