जापानको टोकियोमा ‘तीज धमाका’ हुने
टोकियो । हिन्दु नारीहरूको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले ‘तेश्रो नवलपरासी तीज धमाका’ कार्यक्रम गर्ने घोषणा गरेको छ ।
समाजले आगामी अगष्ट २६ तारिखका दिन टोकियोको नाकानो जिरो हलमा तीज विशेष कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रममा धमाका मच्चाउन लागि नेपालबाट लोक तथा दोहोरी गायिकाहरू सम्झना लामिछाने मगर ,सुनिता दुलाल टोकियो आउने भएका छन् ।
त्यसैगरी जापानमा रहेर संगित क्षेत्रमा लागिपरेका कलाकारहरू गायक सूर्य खड्का ,सुशील ज्ञवाली, चेतन घर्ती ,समुन्द्र राज पौडेल, गायिका सोना केसी, निशा क्षेत्रीको पनि कार्यक्रममा प्रस्तुती रहने समाजले जनाएको छ ।
टोकियोमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागिताका लागि कार्यक्रम संयोजक गीता कँडेलले अनुरोध गरेकी छन् ।
Facebook Comment