‘धुर्मुस–सुन्तली’ले चलचित्र ‘सेन्टी भाइरस’ बनाउने
काठमााडौं। हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चलचित्र बनाउने हल्ला चलेको धेरै समय भयो। अब भने उनिहरुले चलचित्र बनाउने पक्का भएको छ।
‘धुर्मुस–सुन्तली’ले ‘सेन्टी भाइरस’ नामक चलचित्र बनाउने भएका छन्। बुधबार राजधानीमा एक कार्यक्रमकाबीच यो चलचित्र निर्माणको घोषणा गरिएको हो। दशैंअघि छायांकन सक्नेगरी केही दिनमा चलचित्र फ्लोरमा जाने उनिहरुले जनाएका छन्। सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन्।
चलचत्रिको दिपक आचार्य र कुमार कट्टेलले तयार पारेका हुन्। चलचित्रको निर्मातामा डिन्डु लामा ह्योल्मोको नाम छ।
चलचित्रमा ‘धुर्मुस–सुन्तली’कै मुख्य भूमिका रहनेछ्। साथमा दयाहाङ राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, विल्सन बिक्रम राई, बसन्त भट्ट लगायतको चलचित्रमा अभिनय रहनेछ।
यसअघि दीपकराज गिरी र दीपाश्री निरौला समुहले निर्माण गरेको चलचित्र ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताको रुपमा रहेका ‘धुर्मुस–सुन्तली’लामो समयपछि निर्माणमा फर्किएका हुन्।
‘सेन्टी भाइरस’लाई शैलेन्द्र डि. कार्कीले खिच्नेछन् भने चलचित्रमा राजनराज शिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत रहनेछ। सामाजिक कथावस्तुमा कमेडी जनारामा यो चलचित्र निर्माण हुनेछ।
तस्वीर सौजन्य : रघुनाथ सापकोटा
Facebook Comment