नेपालमा लगाइएको नाकाबन्दीबारे के भनेकी थिइन् तत्कालीन विदेशमन्त्री स्वराजले? (भिडियो)

डिसी नेपाल
२२ साउन २०७६ १९:३१

काठमाडौं। नेपालको संविधान जारी हुँदा २०७२ असोजको पहिला हप्तामै भारतले नेपालमाथि अघोषित रुपमा नाकाबन्दी लगायो। नेपालमा संविधान जारी हुँदा आफ्नो कुरा नमानेको असन्तुष्टिमा नेपालका मधेसी दललाई देखाएर भारतले नाकाबन्दी लगाएपछि भारतमै त्यसको कडा विरोध भयो।

भारतीय संसदको माथिल्लो सदन राज्य सभामा यो विषयमा छलफल भयो। त्यतिबेला भारतकी विदेशमन्त्री थिइन् भाजपा नेतृ सुषमा स्वराज।

स्वराजको मंगलबार राती निधन भएको छ। बुधबार राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको छ । यहाँ उनले राज्यसभामा नेपालबारे भएको छलफलमा विदेशमन्त्रीका हैसियतमा दिएको मनतव्य स्मरण गरिएको छ।

राज्य सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले ‘नेपालमा अत्यावसेक वस्तुको कमी भएको’ र ‘मधेसीले हेपिएको’ महशुस गरेको भन्दै भारतले वार्ता गराउने प्रयास गर्नुपर्ने बताएकी थिइन्। उनले तत्कालिन प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयपछि नेपालको भ्रमण गरेको स्मरण गरेको भन्दै नेपालमा भारत सम्बन्धि धारणामा परिवर्तन गराएको दावी गरेकी थिइन्।

उनले नेपालमा भारतप्रति सकरात्मक धारणा बनाएको सरकारले नाकाबन्दी लगाउने गल्ति नगर्ने भन्दै नाकाबन्दी नलगाएको दावी गरिन्। तर, त्यतिबेला भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो।

उनले नाकाबन्दी कसले लगाएको भन्ने विषयमा स्पष्ट जवाफ दिइनन् तर, एअरलिफ्ट गरेर भए पनि औशधि पठाउन तयार बताएकी थिइन् । उनले त्यतिबेला नेपाल सरकारसँग औशधिबारे कुरा गरेको तर, नेपाल सरकारले औशधि नमगाएको दावी गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *