जम्मू कश्मीरको विशेषाधिकार खोस्ने भारतीय निर्णयको नेमकिपाद्वारा निन्दा

डिसी नेपाल
२२ साउन २०७६ २२:४१

काठमाडौं। भारतले जम्मू कश्मीरलाई भारतको अंगकारुपमा परिभाषित गर्दै भारतीय संविधानको धारा ३७० खारेज गरेकोमा नेपाल मजदुर किसान पार्टीले त्यसको निन्दा गरेको छ । यो प्रकरणमा आफ्नो प्रतिक्रिया दिने नेमकिपा नेपालको पहिलो राजनीतिक दल हो। अन्य दलहरुले यो विषयमा मुख खोलेका छनैनन्।

नेमकिपाको बुधबार बसेको बैठकले कश्मीर मामिलामा भारतले लिएको निर्णय निन्दनीय भएको ठहर गरेको पार्टी सचिब प्रेम सुवालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। नेमकिपाले भारतको कदम सार्क मुलुकको हितमा नरहेको भन्दै भारतीय कदमको विरोध गरेको छ।

नेमकिपाले उठाएका प्रश्नहः
अलग झन्डा र फरक संविधान भएको राज्य कुनै पनि देशको अभिन्न अंग हुने गर्दैन । यस अर्थमा जम्मु–काश्मिर भारतको अभिन्न अंग होइन र ‘विशेष अधिकार’ को अर्थ फरक राज्यहरूको सम्बन्धलाई जनाउँछ ।

नेपाल र भारतबीचको विशेष सम्बन्धको अर्थ नेपाल अर्को जम्मु–काश्मिर होइन । साथै ‘अक्साई चीन’ नामले नै सो क्षेत्र चिनियाँ क्षेत्र भन्ने थाहा हुन्छ । त्यहाँका नदी–नाला र पहाड–पर्वतको नामसमेत चिनियाँ भाषामा छ, साथै त्यसबारे चीन र भारतले त्यस क्षेत्रलाई इतिहासले छोडेका विवादित क्षेत्र तथा ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा वार्ताद्वारा निर्णय गर्ने समझदारी भएको थियो । तर, अहिले ‘अक्साई चीन’लाई भारतको केन्द्रीय शासनअन्तर्गत राख्ने निर्णयले चीन र भारतबीचको समझदारीमा खलल पु¥याएको छ ।

सार्क देशहरूको सीमासँगै जोडिएका क्षेत्रहरूमा भारतले गर्ने हरेक सैनिक गतिविधिले सार्क देशका जनता भारतीय थिचोमिचो र विस्तारवादको अनुभव गर्छन् । यसकारण सार्क देशहरूका सबै प्रगतिशील र प्रजातन्त्रमा विश्वास गर्ने जनताले भारतको जम्मु–काश्मिर र अक्साई चीनबारे गरिएको सैनिक कारबाही शान्तिपूर्ण र वार्ताद्वारा समस्या समाधान गर्ने उद्देश्यमाथि कुठाराघात हो ।

भाषा, धर्म, जाति र क्षेत्रको आधारमा राज्य विस्तार गर्ने कार्य इटालीको मुसोलिनीको फासीवाद र जर्मनीको हिटलरको नाजीवाद हो । नेपाल मजदुर किसान पार्टी भारतीय जनता पार्टीको फासीवादी र नाजीवादी नीति एवम् बडाराष्ट्र अहङ्कारवादको निन्दा एवम् विरोध गर्दछ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *