ग्लोवल टि २० : पैसा नपाउँदा मैदानमा आएनन् खेलाडी, सन्दीप आवद्ध टोरन्टो र मोन्टरियलको खेल ढिला हुने
काठमाडौं। नेपाली खेलाडी सन्दीप लामिछाने र सोमपाल कामीसमेत विश्वका चर्चित खेलाडी सहभागी रहेको क्यानडाको ग्लोवल टि २० क्रिकेट लिगमा खेलाडीले पैसा नपाएको खुलासा भएको छ।
पैसाकै विषयलाई लिएर बुधबार बेलुका सवा १० बजे (नेपाली समयअनुसा) शुरु हुनुपर्ने खेल यतिबेलासम्म पनि शुरु हुन सकेको छैन । टोरन्टो नेशनल्स र मोन्टरियल टाइर्गसबीच हुने भनिएको खेलको टससमेत भएको छैन ।
ग्लोवल टि २० आयोजकले भने प्राविधिक कारण भन्दै खेल ढिलो शुरु हुने जनाएको छ ।
The match between @MontrealTigers and @TorontoNational has been delayed due to technical reasons.
The game will now start at 2:30PM local time.
It will be a 20-over-a-side match. #GT2019
— GT20 Canada (@GT20Canada) August 7, 2019
पत्रकार पिटर डेला पेनाले ट्वटी गर्दै खेलाडीलाई पैसा नदिएको कारण खेलाडी मैदानमा नआएको जानकारी दिएका छन्। उनले टिम बससमेत नहिँडेको जानकारी दिएका छन्। टोरन्टोले नेपाली खेलाडी सन्दीपलाई ६० हजार डलरमा आफ्नो टिममा आवद्ध गरेको थियो।
Interesting comment in reply to this breaking news of @GT20Canada player protest over unpaid wages from the wife of a player who used to play for the Jamaica Tallawahs…. pic.twitter.com/RnmT0FCqm2
— Peter Della Penna (@PeterDellaPenna) August 7, 2019
विनपिङ हक्समा आवद्ध अर्का नेपाली खेलाडी सोमपाल कामी ३ हजार डलरमा किनिएका थिए। टोरन्टोको कप्तानी भारतीय खेलाडी युभराज सिंहले गरिरहेका छन्।
Facebook Comment