बीसीसीआईले द्रविडलाई पत्र पठायो, गांगुलीले लेखे–‘भगवान भारतीय क्रिकेटलाई बचाउनुहोस’

डिसी नेपाल
२३ साउन २०७६ ९:१९

एजेन्सी । भारतीय टिमका पूर्व कप्तान राहुल द्रविडलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का न्यायाधिश डीके जैनले नोटिस पठाएका छन्। उनले मध्य प्रदेश क्रिकेट संघका सदस्य संजीव गुप्ताले शिकायत गरेका कारण द्रविडलाई नोटिस पठाएका हुन्।

द्रविड नेशनल क्रिकेट एकेडमीको प्रमुखका साथै इंण्डिया सिमेन्ट ग्रुपमा उपाध्यक्ष पनि हुन्। आइपीएल टिम चेन्नई सुपर किंग्स इण्डिया सिमेन्टको हो। बीसीसीआईले द्रविडलाई नोटिस पठाएकोमा भारतीय टिमका पूर्व कप्तान सौरभ गांगुली र अफ स्पिनर हरभजन सिंहले आपत्ती जनाएका छन्।

गांगुलीले ट्वीटरमा लेखेका छन्, ‘ याे नयाँ फेशन भारतीय क्रिकेट टिममा चलिरहेको छ। यो खबरमा छाइरहने राम्रो तरिका हो। भारतीय क्रिकेटलाई अब भगवानले सहयोग गर्नुहोस…अब द्रविडलाई पनि बीसीसीआइले नोटिस पठायो।’

यस्तै अर्का क्रिकेटर हरभजन सिंहले पनि यो कदमको विरोध गरेका छन्। उनले लेखेका छन्, ‘के यो साचोँ हो? थाहा छैन के चलिरहेको छ? भारतीय क्रिकेटमा द्रविडभन्दा राम्रो मानिस भेट्ज् गाह्रो हुन्छ। क्रिकेटको सुधारका लागि उनको साथ चाहिन्छ।’

बीसीसीआईका एक अधिकारीले नोटिस पठाएको स्वीकार गरेका छन्। उनले भने‘हो द्रविडलाई जैनले अघिल्लो हप्ता नोटिस पठाएका हुन् र उनीसँग दुई हप्ता भित्र जवाफ मागिएको छ।’ बीसीसीआईले यो भन्दा पहिला पनि संजिव गुप्ताकै शिकायतमा सचिन तेन्दुलकर, सौरभ गांगुली र भीभीएस लक्ष्मणलाई पनि नोटिस पठाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *