ब्राजिलियन खेलाडी जीससलाई जरिवाना सहित प्रतिबन्ध !

डिसी नेपाल
२३ साउन २०७६ १०:५०

एजेन्सी । ब्राजिलियन फरवार्ड ग्राबियल जीससलाई अन्तराष्ट्रिय फुटबलमा दुई महिनाको प्रतिबन्ध लागेको छ । म्यानचेस्टर सिटीका फरवार्ड जीससलाई कोपा अमेरिकाले दुई महिनाको प्रतिबन्ध लगाएको हो ।

कोपा अमेरिकाको फाइनलमा खेल भावना विपरित कार्य गरेको भन्दै उनलाई प्रतिबन्ध गरिएको हो । पेरुविरुद्धको फाइनलमा जीससले दुई पहेलो कार्डसहित रातो कार्ड पाएका थिए । रेफ्रीले रातो कार्ड देखाएपछि जीससले मैदानमा रेफ्रीसँग विवाद गरेका थिए । यस्तै मैदान बाहिरिदै गर्दा उनले असभ्य व्यवहार देखाउदै पानीको बोतललाई लात्तीले हिर्काएका थिए ।

फाइनलमा जीससले एक गोल गरेका थिए । र,पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि जितेको थियो । जीससलाई दुई महिनाको प्रतिबन्धसँगै २५ हजार पाउण्ड जरिवाना गरिएको छ । प्रतिबन्धसँगै जीससले आगामी महिना पेरु र कोलम्बियासँगको खेल गुमाउने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *