अम्पायरको स्तर सुधार गर्न आइसीसीले ल्यायो नयाँ नियम !

डिसी नेपाल
२३ साउन २०७६ १२:१९

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अंपायरिंगको स्तर सुधार्नको लागि नयाँ नियम लागु गर्ने भएको छ। उक्त नियमअनुसार अब बलर लाइनभन्दा बाहिर गएमा हुने नो बल दिने अधिकार टीभी अम्पायरलाई दिइने भएको छ।

यो नियम अहिले टी–२० र एकदिवसीयमा ट्रायलमा मात्र लागु हुने बताइएको छ। तर आइसीसीले आगामी ६ महिनामा कुन–कुन सिरिजमा ट्रायलको लागु हुने भनेर जानकारी दिएको छैन्। पछिल्लो समय यो नियम सन् २०१६मा पाकिस्तान र इंग्ल्याण्डको बिचमा भएकमो एकदिवसीय सिरिजमा लागु गरिएको थियो।

आईसीसीका महाप्रबन्धक जोफ एलरडाइसले भने,‘हो यो साँचो हो। थर्ड अम्पायरलाई निर्णय गर्न दिएको केही सेकेण्डमा नै फूटेज उपलब्ध हुनेछ। टीभी अमपायरले मैदानमा भएको अम्पायरलाई नो बल भएका वा नभएको भनेर बताउनेछन्। त्यसैले बलको तबसम्म मान्यता दिइन्छ जबसम्म अम्पायर कुनै अर्को फैसला लिदैनन्।’

यो भन्दा पहिला थर्ड अम्पायरलाई फूटेज दिनको लागि एक हकआईको प्रयोग गरिएको थियो। एलरडाइसले भने‘फूटेज केही ढिला देखाइनेछ। जब खुट्टा लाइन तर्फ बढ्नेछ तब स्लो मोशनमा देखाइनेछ। यो फूटेज लाइनमा खुट्टा पर्ने समयमा रोकिनेछ। उक्त फूटेजको आधारमा नै थर्ड अम्पायरले निर्णय लिनेछन्। यसलाई सधै प्रशारण गरिनेछैन्।’

आइसीसीले यो नियम सानो फर्म्याटको खेलमा धेरै उपयोग गरिने बताएको छ। पछिल्लो समय अम्पायरको स्तरलाई लिएर निकै आलोचना भएको छ। अम्पायरले गलत निर्णय लिएको भनेर कतिपय खेलाडी तथा कप्तानहरुले मैदानमै झगडा गर्ने गर्छन्। यो नियम लागु भएमा खेलमा केही सुधार आउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *