के गर्यो त आठौँ वार्षिक साधारणसभापछि एनआरएनए जापानले ?
टोकियो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) जापानले आठौं बार्षिक साधारणसभापछि गरेका कार्यहरुको बारेमा जानकारी गराएको छ ।
संघको आठौं बार्षिक साधारणसभा ६ जनवरी २०१९ मा नाकानो जिरोहलमा सम्पन्न भएको थियो । एनआरएनए जापाानका महासचिव बुद्धी घिमिरेले आठौं बार्षिक साधारणसभापछि गरेका कामहरुको विवरण सार्वजानिक गर्दे जानकारी गराएका हुन् ।
एनआरएनए एनसीसी जापानले गरेका कार्यहरु
१- नेपाली लगानी कर्ता र जापानी लगानी कर्ता बिच लगानी सेमिनार नेपाली राजदूतावास टोकियो को आयोजनामा एनआरएनए जापान र एनविय सह आयोजक रहि २०१९ फ्रेवरी ५ तारिख सेमिनार सम्पन्न भयो ।
२- जापानमा रहेका बिभिन्न नेपाली बिज्ञहरुको तथ्याङ संकलन गरि देशको समृद्धि र बिकासको लागि नेपाल सरकारलाई सुझावदिन data base संकलन गर्ने कार्य पहिलो पल्ट प्रारम्भ गरियो।
३- एनआरएनए जापान स्थापना भएको मिति २००४ फ्रेवरी ११ तारिख १५ औं वार्षिक उत्सव सहित वनभोज कार्यक्रम आयोजना गरियो जसमा संयोजकमा अनिता गुरुङ, कालिका थापा र सविता श्रेष्ठ रहनु भएको थियो।
४- गैर आवासीय नेपाली संघको अभियान तथा संयुक्त लगानीका अवसर सम्बन्धि कार्यक्रम सँगै म्याग्दीको ठुलो खोलाको योजनामा रहेको हाइड्रो पावरमा लगानी र एनआरएन अभियन्ताहरूलाई प्रशिक्षण दिने कार्य सिजोओका, नागोया र टोकियोमा मार्च १५ र १७ तारिख केन्द्रिय अध्यक्ष भवन भट्ट र महासचिव बद्रि केसी को उपस्थितिमा सम्पन गरियो।
५- २०१९ मार्च १० तारिख विश्व सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समिति रहने गरि चिवा तदर्थ समिति गठन गरियो, सहजिकरणको लागि जिम्मेवारी उपाध्यक्ष शिव प्रसाद पौडेललाई दिइएको थियो।
६- २०१९ मार्च ४ तारिख १६ वर्ष भन्दा कम उमेरको बालकालिकाहरूको आत्मविश्वास र आत्मबल बढाउन सँगै क्षमता अभिवृद्धिको लागि बालवक्तित्वकला प्रतियोगिताको आयोजना गरियो। जसको संयोजक सृजना पाण्डेले गर्नु भएको थियो।
७- २०१९ मार्च ३१ तारिकमा बारा र पर्सामा हावाहुरीका कारण बिपतमा परेकाहरूको लागि सहयोग गर्न आईसीसी मार्फत जापानी ६००,५५५ हस्तान्तरण गरियो।
८- बुद्ध शान्ती पद यात्रा २०१९ अप्रिल २२ तारिक सम्पन्न भयो । संयोजक क्रमश शिव प्रसाद पौडेल,सरोज कुमार खत्री र लेलिन भट्टचन रहनुभएको थियो ।
९- २०१९ मार्च २१ तारिक एभरेष्ट ईन्टरनेसनल स्कूलमा हेल्थ क्याम्प सम्पन्न गरियो, उक्त क्याम्पको संयोजक एनआरएनए बाट सृजना पाण्डेले गर्नु भएको थियो।भने डा. प्रकास शाक्यको संयोजनकत्वमा शेमिनार सम्पन्न भएको थियो।
१०- फ़ुकुओकामा नेपाल फेस्टिवल २०१९ अप्रिल ५र६ तारिक सम्पन गरिएको, नागोयामा नेपाली फेस्टिवल २०१९ जुन १५ र १६ तारिक सम्पन्न गरिएको।
११- २०१९ जुन २९ तारिख टोकियो मा रक्तदान कार्यक्रम आयोजना गरिएको।
१२- २०१९ जुन २९ तारिक डा. कमल लामिछाने द्वारा लिखित अन्तरदृष्टि नामक पुस्तक एनआरएनए जापान र अनेसासको संयुक्त आयोजना साथ पर्वत समाज,चितवन समाज,गल्कोट समाज,अर्घाखाची समाज,आध्यात्मिक सेवा केन्द्र,कास्कि पोखरा समाज,लमजुङ समाज,INISD Japan,मनाङ सोसाईटीको सहआयोजनामा बिमोचन कार्यक्रम सम्पन्न गरियो ।
१३- जापानमा भैपरि आउने दुर्घटनाको लागि स्थापना गरिएको आपतकालीन रहतकोष अभिवृद्धि को लागि २०१९ जुलाई २८ तारि The Adge Band Live Concert सचिन श्रेष्ठ को संयोजकत्व मा सम्पन्न भयो।
१४- एनआरएनए जापानको सिफारिसमा क्ष्जलय बाट १०० जना बिधार्थीको लागि प्रदान गरिने छात्रवृत्तिको लागि आवेदनमा प्रकृया पुगी छनौट भएका बिधार्थीहरुको नामावली २०१९ अगस्ट ५ तारिख सार्वजनिक गरियो र अगस्ट २७ तारिक महामहिम राजदुतको प्रमुख आतिथ्यतामा अन्तरकृया कार्यक्रम सहित छात्रवृत्ति सेवा पाउने बिधार्थिलाई प्रसंसा पत्र बितरण गरिने।
१५- नेपालमा वालबालिका तथा महिला हिंसा बिरुद्ध एनआरएनए जापानले स्थापना गरेको कोष अभिवृद्धि को लागि सहयोगार्थ २०१९ सेप्टेम्वर १ तारिख जापानको किंवा पार्कमा खुला आकासमा तिज फेस्टिभल २०१९ आयोजना हुने।
१६- आईसिसि सदस्य कपिल थापा र एनआरएनए जापान बिच नेपालमा ह्वील चियर लाने सम्झौंता अनुसार एक कन्टेनर (२०० वटा) ह्विल चियर हिरोशिमा हुदै नेपाल लैजानको लागि आवस्यक सहयोग को लागि पहल गरिएको।
१७- आईसिसिको योजना अनुसार एक एनसिसि एक परियोजना गर्नुपर्ने अनुसार को लागि नेपालमा ५० जना बिधार्थीको शिक्षाको लागि २ बर्ष सम्मको लागि छात्रवृति दिईने ब्यवस्था गरिएको छ।
१७- क्षेत्रीय समितिहरुलाई थप तयारी सहित तपसिल बिषयमा:
–क्षेत्रीय समितिको सिफारिस मा सल्लाहकार चयन ।
–क्षेत्रिय समितिबाट उपाध्यक्ष र सचिव निर्वा्चित हुने ब्यवस्था गरियो।
–क्षेत्रिय समितिको भेला गर्ने र क्षेत्र तथा रासपको निति तथा योजना पेश गर्ने ब्यवस्था गरिएको छ।
– क्षेत्रको आर्थिक अवस्था संगै लेखा परिक्षण र अन्य समन्वयको लागि एनसिसि सदस्यलाई जिम्मेवारी दिईने ब्यवस्था गरिएको छ।
–क्षेत्रिय समिति र रासप को समितिमा गरि १५ बिधार्थी र ४६ महिलाको लागि आरक्षण कोटाको ब्यवस्था गरिएको छ।
१८- यशिया प्यासिफिक को छैटौ बैठक हङकङ र सातौ बैठक मेनमारमा एनआरएनए जापानको उल्लेखनिय सहभागिता रहेको छ।
१९- आईसिसिलाई साधारणसभा मार्फत राखिएका केहि सुझावहरु
– सर्वोच्च अदालतले गैरआवसीय नेपालीहरुले मतदान गर्न पाईने परामादेश जारी गरिसकेको तयारी बारे (सहजीकरणको लागि आईसिसिले समिति चयन गरेको)
– संस्थागत रुपमा स्थापना भएका एनसिसिले नेटुबो बाट चयन हुने पर्यटन प्रतिनिध संस्थाले पाएको अवस्थामा टुरिजम सम्वन्धी कार्यगर्न सहज हुने।(आईसिसिमा बिषय प्रवेश गरेको)
२०- यशिया प्यासिफिकको सातौ क्षेत्रिय बैठकमा राखिएका सुझावहरु:
–प्रवासमा हुने अकालमा मृत्यु शोक मा परेका परिवार र आफन्तजनमा केहि साहनुभुति लागि पार्थिक सरिर परिवारको जÞिम्मा लगाउन आईसिसिले पहल गर्नु पर्ने९ सातौ यशिया प्यासिफिक बैठकमा घोषणा पत्रमा उल्लेख गरिएको०
केहि गर्नु पर्ने कार्यहरु:
१- नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सरोकारवाला संग समन्वय गरि प्रभावकारी पहल गर्ने।
२- २०२० मा जापानमा हुने वलम्पिकको लागि नेपालबाट सहभागी हुने खेलाडीको आत्मबल बढाउन र प्रोत्साहन सँगै खेलमा सफलता को लागि सरोकारवाला संग समन्वय गरि आवस्यक कार्य गर्ने ।
Facebook Comment