ग्लोबल टी–२०ः ‘प्लेअफ’मा सन्दिप र सोमपाल भिड्ने

डिसी नेपाल
२३ साउन २०७६ १२:४९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टारद्वय सन्दीप लामिछाने र सोमपाल कामी हाल क्यानाडामा जारि ग्लोबल टि–२० प्रतियोगितामा खेलिरहेका छन् । आज हुने प्लेअफको दोस्रो खेलमा उनीहरु आमने सामने हुँदैछन्।

सन्दीप टोरन्टो नेसनल्स र सोमपाल विनिपेग हक्सबाट खेलिरहेका छन् । यी दुवै टोली प्लेअफ पुगेका छन्। नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स र मोन्टरियल टाइगर्सबीच बुधबार राती भएको खेलमा टोरन्टोले जित निकाल्दै प्लेअफमा पुगेको हो। सोमपालको टिम हक्स भने पहिले नै प्लेअफमा पुगिसकको छ।

हक्स ६ खेलमा २ मा जित र ३ मा हारका सहित ५ अंक जोड्दै चौथो स्थानमा रहेको छ । यस्तै टोरन्टो ६ खेलमा ३ जित र ३ हार सहित तालिकाको तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो। सोमपालले एडमन्टन रोयल्सविरुद्ध डेब्यू गर्दै खराब प्रर्दशन गरेका थिए । उक्त खेलमा सोमपालले २ ओभर बलिङ गर्दै ३३ रन खर्चेका थिए ।

सन्दीपले भने पहिलो खेलमा महँगो सावित हुँदै ४४ रन खर्चेर १ विकेट लिएपनि दोस्रो खेलमा भने २८ रन दिँदै १ विकेट लिएका थिए । यस्तै बुधबार भएको आफ्नो तेस्रो खेलमा पनि एक विकेट लिएका थिए। सन्दिपले ३ खेलमा ३ विकेट लिएका छन्। त्यसैले पनि आज हुने खेलमा उनी टिममा पर्ने सम्भावना रहेको छ। तर पहिलो खेलमै खराब प्रदर्शन गरेका सोमपालको टिममा पर्ने सम्भावना न्यून रहेको छ।

प्रतियोगिताको लिग तालिकाको शीर्ष २ टोलीले क्वालिफायर तथा तेस्रो र चौथोले एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेता र क्वालिफायरको पराजित टोलीले उपाधिका लागि क्वालिफायरको विजेता टोलीसँग फाइनल खेल्नेछ । सन्दिप र सोमपालको उक्त खेल बिहिबार राति २ः१५ मा सुरु हुदैँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *