संसदमा उर्जा मन्त्री पुन र सांसद गजेन्द्र महतबीच रोचक सवालजवाफ

काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले जुम्लामा विद्युत्को वैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले जुम्लामा विद्युत् आपूर्तिमा आएको समस्याबारे आफूहरुलाई जानकारी प्राप्त भए लगत्तै ववैकल्पिक प्रयास सुरु गरिएको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरणको मस्र्याङदी जलविद्युत् केन्द्रमा रहेको ३ सय केविए क्षमताको डिजेल जेनरेटर पठाउने गरी आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताएका हुन्।
जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या सम्बोधनका लागि सम्बन्धित मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका थिए। उनले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि समय नदिएको गुनासो गरेका थिए।
मन्त्री पुनले कर्णालीका सम्पूर्ण जिल्लाहरूलाई राष्ट्रिय प्रसारण लाइनमा आवद्ध गर्ने योजना सरकारले अघि बढाएको बताए। जुम्लामा ३३ केवि प्रसारण लाइनका लागि यसै वर्ष दैलेख जुम्ला ट्रान्समिसन लाईनका लागि टेन्डर भएर छनौट भइसकेको भन्दै उनले २ वर्ष भित्र प्रसारणलाई बनिसक्ने बताए। साथै उनले यसै वर्षको बजेटमा कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नम्बर २ को पूर्व विद्युतीकरणको लागि बजेटको व्यवस्था गरिएको उनले जानकारी गराए।
सांसद महतको जिज्ञासाको सम्बोधन गर्दै उनले हटलाइन सेवा मार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लान्ट बिग्रेको जानकारी आफूले पाएको तर सांसद महतले आफूसँग भेट्न गरेको प्रयास बारे जानकार नभएको जनाए।
उनले आवेगमा नआई सामान्य ढङ्गले समस्याको ध्यानाकर्षण गराउँदा उपयुक्त हुने सुझाव समेत दिए। ‘जुन आवेगमा राख्नु भयो त्यही उचाईको आक्रोशमा नराखेर सामान्य ढंगले ध्यानाकर्षण गराउँदा पनि हुन्थ्यो,’ उनले भने।
उनले जुम्लामा २ सय ४० किलोवाटको विद्युत् प्राधिकरणको प्लाण्ट रहेको र सो प्लाण्ट उपभोक्ताको सहभागितामा सञ्चालन हुँदै आएको जनाए। साथै उनले सोही उपभोक्ता समितिले नै आयोजनाको सञ्चालन मर्मत सम्भार सम्बन्धी सम्पूर्ण कामहरू गर्दै आएको र जुम्ला साना उपभोक्ता समितिको म्याद २०७७ मङ्सिरसम्म रहेको जानकारी गराए।
स्थानीय पूर्वाधार कोषमार्फत २६ लाख ४० हजार खर्च गरेर १ सय ६० किलोवाटको डिजेल प्लान्ट लगाएर जुम्लामा आपतकालीन विद्युत् सप्लाइ सुरु भएको मिडियामा सुन्न आएको भन्दै उनले सांसद महतलाई धन्यवाद दिए। मन्त्री पुनलाई ४५ जना सांसदले प्रश्न गरेका थिए।
Direct Worldwide Progesterone Best Website In Canada Cheapeast buy cialis Esomeprazole Canada Online Buy Propecia Uk Online