अभियान र डेभिड उपाधि नजिक

डिसी नेपाल
२३ साउन २०७६ १९:१८

काठमाडौं। काठमाडौं मेरिडियनका अभियान कस्यप र क्यारिवियनका डेभिड थापा मगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप स्कुल स्तरीय प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा कीर्तिपुरस्थित अडिटोरियमहलमा भएको च्याम्पियनसिपको छात्र यु – १४ मा अभियानले ग्यालेक्सि स्कुलका निकेश पोखरेललाई २१–१३, २१ – १८ ले तथा डेभिडले केएमसीका प्रत्याकलाई २१ – १६, २१ – ७ ले पराजित गरे।

स्कुल टू ओलम्पिक भन्ने नारालाई आत्मसाथ गर्दै स्कुल स्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको छात्रातर्फ ब्रिटिश स्कुलकी साम्भवी पालक र ग्यालेक्सि स्कुलकी निमा यान्जी शेर्पा पनि फाइनल प्रवेश गरेका छन् । पालकले क्यानभासकी ईमेक लुना लावतीलाई २१ – ९, २१–६ ले तथा शेर्पाले पाँगा स्कुलकी सोफिया महर्जनलाई २१ – १०, २१ – १२ ले पराजित गरे ।

यस्तै यु – १२ छात्रतर्फ भ्याली भ्यूका संक्षम ढकाल र बुद्ध ईन्टरनेशनलका ककेश सत्याल पनि फाईनल प्रवेश गरे । ढकालले लिशा स्कुलका श्रेयास रन्जितकारलाई २१ – १२, २१ – ८ ले तथा सत्यालले एनएमई का विश्वास बुढाथोकीलाई २१ – १३, २१ – १६ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् । यस्तै छात्रातर्फ ब्रिटिश स्कुलकी साम्भवी पालक र ग्यालेक्सि स्कुलकी श्रेया जे. शेर्पाले पनि उपाधि भिडन्त गर्ने भएका छन् । पालकले सेन्ट जेभियरका प्रनिषा श्रेष्ठलाई २१ – ७, २१ – ४ तथा शेर्पाले केन्द्रिय बिद्यालयकी प्रिशा सिंहलाई २१ – ७ र २१ – ८ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।

प्रतियोगिताको फाईनल भोली बिहान ११ बजेबाट शुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *