अमलाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

डिसी नेपाल
२४ साउन २०७६ ६:२२

एजेन्सी । दक्षिण अफ्रिकाका क्रिकेटर हसिम अमला अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । दक्षिण अफ्रिकाका स्टार ब्याट्सम्यान अमलाले बिहिबार सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा १५ वर्ष बिताएका अमला घरेलु लिग र क्लब क्रिकेट भने खेल्नेछन्। अमलाले दक्षिण अफ्रिकाका लागि सबै खाले क्रिकेटमा ३४९ खेल खेलेका छन् । जसमा १८ हजार रन जोड्दा ५५ शतक बनाएका छन् ।

३६ वर्षे अमलाले दक्षिण अफ्रिकाका लागि १२४ टेष्ट, १८१ एकदिवसीय र ४४ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । टेष्ट क्रिकेटमा ९ हजार २८२ रन बनाएका अमला दक्षिण अफ्रिकाका लागि टेष्टमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् ।

यस्तै उनी एक दिलवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २ हजार, ३ हजार, ४ हजार, ५ हजार, ६ हजार र ७ हजार बनाउने खेलाडी हुन्। अमला अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा सबैभन्दा धेरै सतक प्रहार गर्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी हुन्। उनले २५ सतक लगाएका हुन्। उनी टेष्ट क्रिकेटमा तेहेरो सतक बनाउने पहिलो दक्षिण अफ्रिकी खेलाडी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *