त्रिशुली बस दुर्घटना: तीनको मृत्यु, २५ जना वेपत्ता (अपडेट)

डिसी नेपाल
२४ साउन २०७६ ७:२०

काठमाडौं। सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ। दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन्। मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *