पाकिस्तान क्रिकेट बोर्ड गर्‍यो खेलाडीको बर्गीकरण, कुन खेलाडीको तलब कति?

डिसी नेपाल
२४ साउन २०७६ ८:११

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी)ले खेलाडीको नयाँ बर्गीकरण सार्वजनिक गरेको छ । बिहिबार पीबीसीले २०१९÷२० को लागि आफ्ना क्रिकेट खेलाडीको नयाँ बर्गीकरण तोक्दै पारिश्रमक निर्धारण गरेको छ ।

बोर्डले ए, बी र सी गरि तीनओटा क्याटेगरि निर्धारण गरेको छ। यो भन्दा पहिला छ क्याटेगरि रहेका पाकिस्तान क्रिकेटमा अहिले घटाएर ३ बनाइएको इएसपीएन क्रिकइन्फोले जनाएको छ। जसमा ए क्याटेगरिमा रहेका खेलाडीले मासिक १.१ मिलियन पाकिस्तानी रकम पाउने गर्छन। यस्तै बी क्याटेगरिमा रहेका खेलाडीले ७ लाख ५० हजार रकम पाउनेछन्। यसैगरी सी क्याटेगरिमा रहेका खेलाडीले ५ लाख ५० हजार रकम प्राप्त गर्नेछन्।

क्याटोगरी ‘ए’ मा कप्तान सर्फराज अहमद, बाबर अजाम र यसिर शाहसहित तीन खेलाडी रहेका छन् । त्यस्तै, क्याटोगरी ‘बी’ मा असद शफिक, अजर अली, हरिस सोहइल, इमम उल हक, मोहम्मद अब्बास, शादब खान, शहिन शाह अफ्रिदी र वाहब रियाज गरी ८ जना खेलाडी रहेका छन् ।त्यस्तै, क्याटोगरी ‘सी’ मा पनि ८ खेलाडी रहेका छन् । जसमा अबिद अली, हसन अली, फखर जमान, इमाद वासिम, मोहम्मद अमिर, मोहम्मद रिजवान, शान मसोद र उसन शिनवारी रहेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले गरको नयाँ बर्गीकरणमा यसअघि अटाएका धेरै खेलाडी भने बाहिरिएका छन् । मोहम्मद हफिज, शोइब मालिक, अफिम अश्रफ, जुनाइद खान, विलाल आसिफ, साद अली, मिर हाम्जा, उमाइद आसिफ, सहिबजदा फरहान, मोहम्मद नवाज, रुममान रिइस, असिफ अली, हुसेइन तलात, रहमत अली र उस्मान सलाहुदिन बर्गीकरणमा परेका छैनन् ।

नयाँ बर्गीकरणमा ३ खेलाडीको घटुवा भएको छ । जसमा फखर जमान (बी बाट सी), मोहम्मद अमिर (ए बाट बी) र हसन अली (बी बाट सी) रहेका छन्। यस्तै ६ खेलाडीको प्रमोशन भएको छ। जसमा हेरिस सोहेल(सी बाट बी), इमाम उल हक (सी बाट बी), मोहम्मद अब्बास (सी बाट बी), वहाब रियाज(सी बाट बी), शाहिन अफ्रिदी (ई बाट बी) र मोहम्मद रिजवान (इ बाट सी) रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *