एगर्नको पोष्टमा बायर्नको २३ गोल, पाँच खेलाडीले गरे ह्याट्रिक

डिसी नेपाल
२४ साउन २०७६ ८:४१

एजेन्सी । मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले सानदार प्रदर्शन गरेको छ । आज भएको खेलमा बायर्नले रोताक एगर्नलाई २३–० गोलअन्तरले पराजित गरेको हो ।

रोताक एगर्नमाथि बायर्नका पाँच खेलाडीले ह्याट्रिक गोल गरे । कोरेन्टिन टोलिसोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस ओकेयरी वरिड्टले ह्याट्रिक गोल गरे ।

त्यस्तै, रेनाटो सान्चेसले दुई, लियोन डजाकु, सर्ज ग्नाबरी, सरप्रित सिंह र एलेक्सजेन्डर नोलेनबर्गरले समान १–१ गोल गरे ।  गोलको वर्षा गर्ने क्रममा बायर्नले पहिलो हाफसम्म ११ गोल तथा दोस्रो हाफमा थप १२ गोल गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *