‘स्मिथलाई कप्तान बनाउने बारेमा सोचेका पनि छैनौं’

डिसी नेपाल
२४ साउन २०७६ ९:४५

एजेन्सी । क्रिकेट अस्ट्रेलियाका अध्यक्ष अर्ल एडिंग्सले स्टिभ स्मिथलाई पुनः कप्तान बनाउने बनै पनि सम्भावना नरहेको बताएका छन्। स्मिथ एक वर्षको प्रतिबन्धमा परेर टिममा फर्किएका थिए। उनले इंग्ल्याण्ड विरुद्धको एसेज सिरिजको पहिलो टेष्टमा २ सतक लगाएका थिए।

अस्ट्रेलियाको सञ्चार माध्यम सिड्नी मर्निङ्ग हेरल्डले एडिंग्सलाई उद्दृत गर्दै लेखेको छ,‘यो हाम्रो योजनामा पनि छैन् । हामिसँग पहिला नै एक कप्तान छन्। जसले राम्रो कप्तानी निभाइरहेका छन्। स्मिथ टिममा मात्र फर्कीएका हुन्। उनलाई कप्तान बनाउने भन्ने बारेमा हामिले सोचेका पनि छैनौं र बोर्ड बैठकमा उसको कुनै चर्चा पनि हुनेछैन्।’

‘हामि खुशी छौं स्मिथ, वार्नर र बेनक्राफ्ट टिममा फर्किए। हाम्रो काम उनीहरुलाई टिममा ल्याउने हो। र उनीहरुको काम राम्रोसँग खेल्ने हो, जुन उनीहरु गरिरहेका छन्’, उनले भने । ‘स्मिथ टिममा आए र उनले राम्रो खेलिरहेका छन्। टिम पेनले एकदमै राम्रो कप्तानी निभाइरहेका छन्। स्मिथलाइ पुनः कप्तान बनाउने हाम्रो कुनै एजेण्डा छैन्।’

बल टेम्परिंगको आरोपमा स्मिथलाई प्रतिबन्ध लगाएपछि टिम पेनलाई कप्तानको जिम्मेवारी दिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *