वर्षाले खेल नै रद्द हुँदा पनि क्रिस गेलले बनाए रेकर्ड

डिसी नेपाल
२४ साउन २०७६ १०:१७

काठमाडौं। गुयानामा बिहीबार भारत र वेष्ट इण्डिजबीचको पहिलो एकदिवसीय वर्षाका कारण रद्द भयो । वर्षाका कारण १३ ओभरपछि खेल रोकिएको थियो । त्यतिबेला वेष्ट इण्डिजले १ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । यी दुई टिमबीच २ वर्षपछि कुनै खेल वर्षाका कारण रोकिएको हो ।

यसअघि भारत र वेष्ट इण्डिजबीचको खेल २०१७ मा पोर्ट अफ स्पेनमा हुनुपर्नेमा वर्षाका कारण रोकिएको थियो । अहिले जारी सिरिजको दो्रो खेल पनि आइतबार पोर्ट अफ स्पेनको त्यही मैदानमा खेलिँदैछ । हिजोको खेलमा भारतले टस जितेर बलिङ रोजेको थियो । वेष्ट इण्डिजका क्रिस गेल ३१ बलमा ४ रन बनाउँदै आउट भए । उनलाई कुलदीप यादवले बोल्ड गरेका थिए ।

सस्तैमा आउट भए पनि गेलले एउटा रेकर्ड भने बनाए । उनी हिजो मैदानमा उत्रिएसँगै वेष्ट इण्डिजका लागि सर्वाधिक एकदिवसीय क्रिकेट खेल्ने ब्याट्सम्यान बने । गेलले हिजोसमेत वेष्ट इण्डिजका लागि २९९ एकदिवसीय खेले । वेष्ट इण्डिजका लागि सर्वाधिक एकदिवसीय खेल्ने अर्का ब्याट्सम्यान ब्रायन लाराले पनि २९९ एकदिवसीय नै खेलेका छन् । अहिले बराबरीमा रहेको यो रेकर्ड आइतबार क्रिस गेल एक्लैको नाममा हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *