सेन्ट्रल जोन प्रतियोगिता अगाडी नेपालले अफगानिस्तानसँग मैत्रिपूर्ण खेल खेल्ने

डिसी नेपाल
२४ साउन २०७६ ११:०३

काठमाडौं । नेपालको राष्ट्रिय पुरुष राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अघि नेपालले अफगानिस्तानसँग अभ्यास खेल खेल्ने भएको हो । नेपालले अफगानिस्तानसँग आगामी साउन ३० र ३१ मैत्रीपूर्ण खेल खेल्ने भएको छ। एभिसी सेन्ट्रल जोन भदौ २ देखि ७ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिमको घोषणा गरिसकेको छ ।

नेपाली टोली

धनबहादुर भट्ट क्षेत्री (आर्मी), विशाल विक (पुलिस),कुलबहादुर थापा (पुलिस), राजेन्द्र विष्ट (आर्मी), टेकराज अवस्थी (एपीएफ), हरिबहादुर अधिकारी (आर्मी), दुर्गा खड्का (आर्मी), दिपक राज जोशी (पुलिस), नरेन्द्र गिरि (आर्मी), राजकुमार निरौला (एपीएफ), ईमबहादुर मगर (कप्तान) (पुलिस), हरिहजुर थापा (आर्मी), विनोद बहादुर चन्द (एपीएफ), इश्वर थापा मगर (आर्मी)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *