१९ वर्षका शुभमन गिलले गौतम गम्भीरको रेकर्ड तोड्दै बनाए नयाँ रेकर्ड

डिसी नेपाल
२४ साउन २०७६ ११:१५

काठमाडौं। भारतका युवा ब्याट्सम्यान शुभमन गिलले नयाँ रेकर्ड बनाएका छन् । बिहीबार उनले त्रिनिदादको ब्रायन लारा टेडियममा वेष्ट इण्डिज ए विरुद्ध तेस्रो अनअफिशियल टेस्टमा दाहोरो शतक प्रहार गरे । यसँगै उनी भारतीय टिमबाट खेल्दै प्रथम श्रेणी क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

गिलले १९ वर्ष ३३४ दिनको उमेरमा यो उपलब्धी हासिल गरेका हुन् । यसअघि यो रेकर्ड गौतम गम्भीरको नाममा थियो । गम्भीले सन् २००२ मा २० वर्ष १२४ दिनमा जिम्बाब्बेविरुद्ध बोर्ड अध्यक्ष ११ बाट खेल्दै दोहोरो शतक बनाएका थिए । गिलले २४८ बलमा नटआउट २०४ रन बनाए । जसकालागि उनले १९ चौका र दुई छक्का हाने । रोचक त के भने गिल पहिलो इनिङमा पहिलो बलमै आउट भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *