अपराधी समाउन काठमाडौंको बिजेश्वरीमा प्रहरीले गोली चलायो

डिसी नेपाल
२४ साउन २०७६ १३:२३

काठमाडौं। राजधानीको विजेश्वरीमा प्रहरीले अपराधी पक्राउ गर्न गोली चलाएको छ । शुक्रबार दिउँसो अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको हो । गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ।

लोप्साङ लामा भनिने मिलन तामाङ गोली लागेर घाइते भएको महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालले डिसीनेपाललाई बताए । तामाङलाई पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गरेपछि घुँडामुनी गोली हानेर पक्राउ गरिएको ढकालले जानकारी दिए । एसपी ढकालका अनुसार घाइते तामाङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मिलनले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्क्याएर २ करोड फिरौती मागेपछि उनको खोजी भइरहेको थियो। महाशाखको टोलीले मिलनसँगै रहेका अमृत तामाङलाई नियन्त्रणमा लिएको छ। मिलन र अमृत लुटपाट र गुण्डागर्दीमा संलग्न रहेको एसपी ढकालले बताए। महाशाखाले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *