किन बन्द गरियो राजधानीको मुटुमा रहेको असन बजार ?

काठमाडौं। राजधानीको चर्चित बजार क्षेत्र असनका पसल व्यवसायीहरुले सरकारले ल्याएको प्यान तथा भ्याटको विरोध गर्दै आन्दोलन स्वरुप पसलहरु बन्द गरेका छन्।
बिक्रिवितरण भएका हरेक वस्तुको हिसाब आफूहरु राख्न नसक्ने भन्दै उनीहरुले शुक्रबार पसलहरु बन्द गरेका हुन्।
हामीहरु जति पनि कर तिर्न तयार छौं तर, बिक्रि गरिएको सानो–सानो वस्तुको हिसाब राखेर भने बस्न सक्दैनौं, एक व्यापारीले भने।
साथै उनीहरुले ५० लाखको थ्रेस होल्डलाई बढाएर १ करोड बनाउनु पर्ने माग राखेका छन्।
गत जेठ १५ गते ल्याएको बजेटमार्फत केन्द्र सरकारले ढुवानीमा भ्याट र एक हजार रुपैयाँभन्दा माथिको तलब प्यानमार्फत नदिए खर्च देखाउन नपाउने व्यवस्था गरेको थियो।
प्रतिक्रिया
Facebook Comment