गायक हनी सिंहविरुद्ध गैर जमानती पक्राउ पूर्जी जारी
एजेन्सी। गायक हनी सिंहविरुद्ध लखनउको एक स्थानीय अदालतले गैर जमानती पक्राउ पुर्जी जारी गरेको छ । यसको सुनुवाइ ११ सेप्टेम्बरमा हुँदैछ । आइपीएस अमिताभ ठाकुरले ३१ डिसेम्बर २०१२ मा गोमतीनगर थानामा हनी सिंहविरुद्ध केस दर्ता गराएका थिए । आइपिएसले हनी सिंहले ‘मैं हुँ बलात्कारी’ जस्ता अश्लील गीत गाएको र यो गीत महिलाप्रति अपमान र गम्भीर अपराध बढाउने खालको भएको तर्क गरेका थिए ।
पुलिसले प्राथमिक रिपोर्ट लेखेर विवचना सुरु गर्यो । २७ जून २०१३ मा पुलिसले आइपीसी धारा २९२, २९३ र २९४ अन्तर्गत मुद्दा दर्ता गर्यो । हनी सिंहविरुद्ध आरोप पत्र स्थानीइ अदालतमा पठाइयो । यसमा मुख्य न्यायिक मजिस्ट्रेटले २३ डिसेम्बर २०१३ मा हनी सिंहलाई हाजिर हुन आउने नोटिस जारी गरेका थिए । नोटिसपछि पनि हनी अदालतमा हाजिर हुन गएनन् । यही कारण अहिले अदालतले गैर जमानती पक्राउ पूर्जी जारी गरेको हो ।
Facebook Comment