आगामी असोजमा नेपालले ५ देशसँग टि ट्वान्टी प्रतियोगिता खेल्ने

डिसी नेपाल
२४ साउन २०७६ १७:२७

काठमाडौं। नेपालले आगामी असोजमा ओमानमा आयोजना हुने पाँच देश सहभागी टि ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । नेपाली क्रिकेट टिमका प्राविधिक विश्लेषक रमन शिवाकोटीका अनुसार आगामी असोज २३ गतेसम्म ओमानमा आयोजना हुने टि ट्वान्टी प्रतियोगिता खेल्ने तय भएको हो।

प्रतियोगितामा आईसीसी टि ट्वान्टी विश्व कप क्रिकेट ग्लोवल छनोटमा क्लालिफाइ भएका ४ वटा टिम र नेपाल सहभागी हुनेछन्। शिवाकोटीका अनुसार प्रतियोगितामा घरेलु टिम ओमान, नेपाल, हङ्कङ, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्।

प्रतियोगिताको खेल तालिकासमेत सावर्जनिक भएको छ। तालिका अनुसार नेपालले पहिलो खेल असोज १९ गते हङ्कङसँग खेल्नेछ । २० गते नेपालले नेदरल्याण्डको सामाना गर्नेछ। यस्तै नेपालले तेस्रो खेल असोज २१ गते आयरल्याण्डसँग र २२ गते ओमानसँग खेल्ने छ।

ग्लोव छनोट भएका टिमहरुले अभ्यासका लागि यो प्रतियोगिता आयोजना गरेका हुन्। नेपाल ग्लोवल छनोटमा नभए पनि टि ट्वान्टी वरीयतामा ११ औं स्थानमा रहेकाले प्रतियोगितामा बोलाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *