स्वर्ण पदक विजेता धावक अजितलाई मोटरसाइकल प्रदान

डिसी नेपाल
२४ साउन २०७६ २०:१५

काठमाडौं। नेपाल एथलेटिक्सले मध्यम दूरीका धावक अजितकुमार यादवलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल शनिबार प्रदान गरेको छ । हङकङमा मार्च १७ तारिखमा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा स्वर्ण जितेपछि एथलेटिक्स संघले पुरस्कार स्वरुप अजितलाई मोटरसाइकल दिने घोषणा गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले अजितलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरे । १ लाख ९२ हजार ९ सय रुपैयाँ मुल्य पर्ने टीभीएसको स्ट्राइकर १ सय २५ सिसिको मोटरसाइकल अजितलाई प्रदान गरिएको हो ।

सोही अवसरमा उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *