मनीवर र सोभितको जोडी सेमिफाइनलमा

डिसी नेपाल
२४ साउन २०७६ २०:४७

काठमाडौं। आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित राना मगरको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कमा भइरहेको प्रतियोगितामा मनवीर र सोभितको जोडीले राइजिङ क्लबका चोविन्द्र जिसी र प्रकाश जिसीको जोडीलाई २१–१८ र २१–१५ को सोझो सेटमा पराजित गरे । एपीएफका विजय थापा र बली चौधरीको जोडीले सौजन्य रानीपानीका होम पुन र विकास छन्त्यालको जोडीलाई २१–१६, १५–२१ र २१–१४ को सेटमा हराउदै सेमिफाइनलमा पुगे ।

सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) को प्रायोजनमा भइरहेको प्रतियोगितामा आयोजक ‘बी’ का हेम छन्त्याल र महेन्द्र शेरचन, गण्डकीका कुञ्जन शाही ठकुरी र राजन दर्लामी मगर तथा सनराइज क्लब ‘ए’ का ओमप्रकाश जिसी र तिलक कुँवरको जोडी क्वाटरफाइनलमा पुगे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *