बलात्कार आरोपबाट नेयमारले पाए सफाई

डिसी नेपाल
२४ साउन २०७६ २२:४४

साओ पाओलो (रासस/एएफपी) । नेयमारमाथि लागेको बलात्कार आरोपमा ब्राजिलको एक अदालतले शुक्रबार सफाई दिएको छ ।

“ब्राजिलीयाली प्रसिद्ध फुटबल खेलाडी नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेटिएकाले उहाँलाई सफाई दिइएको छ,” नेयमारको मुद्दा हेरेका ब्राजिलियाली न्यायाधीशलाई उद्धृत गर्दै अदालत स्रोतले बताएको छ ।

प्रहरीले आरोपमा सत्यता नभेटिएको भन्दै नेयमारमाथि मुद्दा चलाउन इन्कार गरेको करिब एक महिनासम्म ब्राजिलियाली अभियोजनकर्ताहरूले मुद्दालाई अनुसन्धान गरेका थिए । अभियोजनकर्ताले मुद्दालाई पुष्टि गर्ने आधार नभेटिएकाले ब्राजिलको फुटबले सुपरस्टारलाई निर्दोष सिफारिस गर्न अदालतलाई सुझाब दिएका थिए ।

ब्राजिलकी एक महिलाले आफूलाई पेरिसस्थित एक होटेलमा गत मे महिनामा बलात्कार गरेको आरोप लगाएकी थिइन् तर नेयमारले उक्त भनाइमा कुनै सत्यता नरहेको बताउँदै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *