चिर्पट प्रहार गरी बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

झापा । घरायसी विवादमा चिर्पट प्रहार गरी बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्।
आफ्नै बुवा ७० वर्षीय सूर्य बहादुर थापालाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका-१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादको कारण प्रकाशले आफ्नै बुबालाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई शुकबार पक्राउ गरेको हो।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment