प्रिमियर लिगः लिभरपुलको विजयी सुरुवात

डिसी नेपाल
२५ साउन २०७६ ६:१६

एजेन्सी । साविकको उपविजेता लिभरपुलले ईङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा नवप्रवेशी क्लब नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै लिभरपुलले उपाधि यात्राको थालनी गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा सिटीले एक गोल फर्काएको थियो । नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलमा ७ औं मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । त्यसपछि मोहमद सलाहाले १९ औ मिनेटमा गोल गर्दैै लिभरपुलको अग्रता दोब्बर पारे ।

भर्जिल भान डिजिकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । कर्नरबाट आएको बललाई उनले हेडमार्फत पोस्टको दिशा दिएका थिए । डिभोक ओरिजीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितीमा पुर्याएका थिए । ६४ औ मिनेटमा पाहुना टिमका लागि टिमु पुक्कीले गोल गर्दै हार अन्तरलाई घटाउने काम गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *