विमलको गोलमा टिसीको सहज जित
![विमलको गोलमा टिसीको सहज जित](https://www.dcnepal.com/wp-content/uploads/2019/08/68721941_1133284426860118_8283130088610856960_o.jpg)
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा टीसीले निलान्धो स्पोर्ट्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो । टीसीको जितमा विमल घर्ती मगर र इशान इब्राहिमले एक एक गोल गरे । टिसीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको १२ औं मिनेटमा विमलले गोल गर्दै टिसीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा इशानले गोल गर्दै टिसीलाई २–० को जित दिलाए । खेलमा विमल म्यान अफ दि म्याच समेत चुनिएका थिए ।
प्रतिक्रिया
Facebook Comment