‘गोल अफ दि सिजन’ अवार्ड मेस्सीलाई

डिसी नेपाल
२५ साउन २०७६ ६:५६

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् ।

युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले शुक्रबार घोषणा गरेको च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा मेस्सीको गोल उत्कृष्ट ठहरिएको हो ।

मेस्सीले सेमिफाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलविरुद्ध गरेको गोल उत्कृष्ट बनेको हो । उनले डिबक्स बाहिरबाट फ्रिकिक गोल गरेका थिए । उक्त खेलमा बार्सिलोना ३–० ले विजयी भएको थियो ।

मेस्सीले यस अवार्डका लागि मनोनयनमा परेको युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित १० खेलाडीलाई पछि पारेका छन् । मेस्सीले अवार्ड जित्ने क्रममा सर्वाधिक मत पाएका छन् । युईएफएले वेबसाइटमा प्राप्त मतको आधारमा यस अवार्ड प्रदान गर्ने गर्दछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *