सिटीको नयाँ कप्तान सिल्भा!

डिसी नेपाल
२५ साउन २०७६ ७:२७

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले डेभिड सिल्भालाई कप्तान नियुक्त गरेको छ । सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले शुक्रबार सिल्भालाई कप्तान नियुक्त गरेको जानकारी दिएका छन् ।

नियमित कप्तान भिसेन्ट कोम्पनीले क्लब छाडेपछि सिटीले सिल्भालाई कप्तान नियुक्त गरेको हो । यस्तै सिटीले उपकप्तानमा फर्नान्डिन्हो, केभिन डी ब्रुएन र सर्जियो अग्युरोलाई चयन गरेको छ ।

सिटीले शनिबार वेष्ट ह्यामसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।




प्रतिक्रिया

One thought on “सिटीको नयाँ कप्तान सिल्भा!

Leave a Reply

Your email address will not be published. Required fields are marked *