रोनाल्डोको जर्सी हाजार्डलाई !

डिसी नेपाल
२५ साउन २०७६ ८:०२

एजेन्सी । रियल मड्रिडले बेल्जियमका स्टार ईडेन हाजार्डलाई ७ नम्बरको जर्सी उपलब्ध गराउने भएको छ । क्रिस्टियानो रोनाल्डोले लगाउँदै आएको ७ नम्बरको जर्सी रियलमा अब हाजार्डले लगाउने भएका छन् ।

खराब सिजनको अन्त्यसंगै रियालले लण्डन क्लब चेल्सीका हाजार्डलाई रोनाल्डोको विकल्पको रुपमा क्लबमा ल्याएको थियो । हाजार्ड यसै सिजन रियल मड्रिडसंग जोडिएका हुन् ।

रियलले एक बिज्ञप्ती जारी गर्दै हाजार्डले रियलमा ७ नम्बरको जर्सी लगाउने पक्का गरेको हो । हाजार्डले चेल्सीमा रहदाँ १० नम्बरको जर्सी लगाउँदै आएका थिए । रियलमा लुका मोड्रिचले १० नम्बरको जर्सी लगाउने गरेका छन् ।

मोड्रिचले १० नम्बरको जर्सी नछाड्ने बताएपछि हाजार्डले नयाँ नम्बरको जर्सी खोजिरहेका थिए । अन्तिम समयमा क्लबले रोनाल्डोले लगाउने ७ नम्बरको ‘ट्रेडमार्क’ जर्सी हाजार्डलाई दिने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *