एसेज सिरिजः अलीले दोस्रो टेष्ट गुमाउने, आर्चरले डेब्यु गर्दै

डिसी नेपाल
२५ साउन २०७६ ८:५९

एजेन्सी । एसेज सिरिज अन्तर्गत अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्डले मोइन अलीलाई टिम बाहिर राखेको छ ।

इंग्ल्याण्डले दोस्रो टेष्टको लागि घोषणा गरेको टिममा अली परेका छैनन् । अफ स्पिनर अलीको स्थानमा इंग्ल्याण्डले लेफ्ट आर्म बलर ज्याक लिचलाई टिममा राखेको छ । यस्तै चोटका कारण पहिलो टेष्ट गुमाएका जोफ्रा आर्चर टिममा परेका छन्। उनी अर्का बलर जेम्स एण्डरसन स्थानमा टिममा परेका हुन्।

पहिलो खेलमा इंग्ल्याण्ड अष्ट्रेलियासँग २५१ रनले पराजित भएको थियो । इंग्ल्याण्ड पाँच खेलको सिरिजमा १(० ले पछि परेको छ । लर्ड्समा हुने दोस्रो टेष्ट बुधबार सुरु हुनेछ । यस खेलबाट आर्चरले टेष्ट डेब्यु गर्नेछन्।

इंग्ल्याण्ड टिमः जो रुट (कप्तान), जोफ्रा आर्चर, जोनी बेयरस्टो (विकेट किपर), जो डेन्ली, जोस बटलर, स्टुअर्ट ब्रोड, ज्यासन रोय, रोरी बर्न्स, ज्याक लिच, बेन स्टोक्स, क्रिश वोक्स




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *