म्याक्कुलम २ वटा टिमको प्रशिक्षक!

डिसी नेपाल
२५ साउन २०७६ ९:४२

एजेन्सी । न्यूजिल्याण्ड क्रिकेट टिमका पूर्व कप्तान ब्रान्डन म्याक्कुलम क्यारेबियन प्रिमियर लिग ट्रिनाडो नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन । यसका साथै उनी इन्डियन प्रिमियर लिग टिम कोलकाता नाइटराइडर्सको पनि सहायक प्रशिक्षकमा नियुक्त भएका छन ।

क्रिकइन्फोका अनुसार म्याक्कुलमले ग्लोबल टी–२० क्रिकेट लिगमा सन्यासको घोषणा गरेका थिए । टोरन्टो नेश्नल्स र ब्राम्पटोन उल्भ्स बिचको खेलपछि सन्यास लिएका उनी चाँडै नयाँ भुमिकामा देखिने भएका छन ।

क्यारेबियन प्रिमियर लिग सेप्टेम्बर ५ तारिखबाट सुरु हुँदैछ । सन्याको घोषणा गर्ने बेला नै उनले अबको चुनौती सञ्चारमाध्यम र प्रशिक्षकको हुने बताएका थिए । २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका उनले फ्रेन्चाइजी लिगहरु भने खेलिरहेका थिए ।

उनले आइपीएल चेन्नेइ सुपर किंग्स र रोयल च्यालेञ्जर्स बैंग्लोरबाट खेलेका थिए । यस्तै विग ब्यास लिग ब्रिसबेन हिटबाट खेलेका थिए । पाकिस्तान सुपर लिग लाहोर कलन्दर र क्यारेवियन प्रिमियर लिग हाल मुख्य प्रशिक्षक भएको टिम ट्रिबागोबाट खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *