नेइमारलाई रियल मड्रिडले अहिलेसम्मकै ठूलो अफर दिएपछि बार्सिलोलाई दबाब

डिसी नेपाल
२५ साउन २०७६ १०:१८

काठमाडौँ । ब्राजिलियन फुटबलर नेइमारको ट्रान्सफर अनिश्चित बनिरहेका बेला पछिल्लो समय दुई स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड नेइमारका लागि अगाडि आएपछि नेइमारको विषय झन् पेचिलो बनेको छ ।

बार्सिलोनाले नेइमारलाई फर्काउन पहल गरिरहेका बेला रियल म्याड्रिडले खेलाडीसहित सय मिलियनको अफर अगाडि सारेपछि बार्सिलोना नेइमार भित्र्याउन सक्रिय भएको मिडिया रिपोर्ट आएको छ । स्पेनिस मिडियाले रियलको अफर पछि अब बार्सिलोना नेइमारलाई रियल जान रोक्न अगाडी सरेको छ ।

बार्सिलोनाले आफ्ना अर्का ब्राजिलियन खेलाडी फिलिप कोटिन्हो प्रिमियर लिग क्लब जान अस्विकार गरेपछि अब उनलाई पिएसजी पठाएर नेइमारलाई ल्याउने तयारीमा लागेको बताइएको छ । तर यस विषयमा ठोस प्रस्ताव पिएसजीलाई अझै नपठाएको स्पेनिस मिडियाले बताएका छन् ।

उता रियल म्याड्रिड भने म्यानचेस्टर युनाइटेडसँग पाउल पोग्वा भित्र्याउने अभियान असफल भएपछि अब नेइमारलाई लैजाने पहल अगाडी सारेको छ । नेइमारका लागि रियलले लुका मोड्रीचलाई दिएर नगद १३२ युरोको अफर गरेको बताइएको छ । जसले बार्सिलोनालाई झस्काएको र बार्सिलोना नेइमारका बारेमा सक्रिय भएको थियो । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले नेइमारलाई रियलको अफर अस्विकार गर्न आग्रह गरेको बताइएको छ ।

त्यस्तै नयाँ सिजन शुरु भएको अवस्थामा नेइमारको विषय अब केहि दिनमै टुंगिने सम्भावना देखिएको छ ।

अहिले नेइमारमाथि बार्सिलोना र रियल मात्र होइन इटालियन क्लब युभेन्टससमेत लागिरहेको बताइएको छ । अहिले पाउलो डिबाला प्रिमियर लिग जान असफल भएपछि अब पिएसजीले डिबालामाथि चासो देखाएपछि नेइमार-डिबालाका विषयमा पिएसजी र युभेन्टसले छलफल चलाएको बताइएको छ ।

इटालियनमा करको दर कम र सहज भएका कारण पनि नेइमार युभेन्टसको प्रस्तावप्रति सकरात्मक भए पनि उनको पहिलो रोजाई बार्सिलोना नै रहेको बताइएको छ । उता बार्सिलोना भने नेइमार बार्सिलोना नआउने स्थिति बनेमा रियलको सट्टा युभेन्टस जान वा पिएसजीमै बस्न लबीङ गरेको समेत बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *