को बन्ला पाकिस्तानी क्रिकेटको मूख्य प्रशिक्षक ?

डिसी नेपाल
२५ साउन २०७६ १०:१९

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले मूख्य प्रशिक्षक मिकी अर्थरसहित सबै सहायक कोचको सम्झौता रद्द गरेको छ। यस्तैमा अब पाकिस्तान क्रिकेटको प्रशिक्षक को बन्ला भन्ने विषयमा छलफल हुन थालेको छ।

पाकिस्तानी पत्रिका ‘द न्यूज’ले पाकिस्तानका पूर्व कप्तान मिस्बाह उल हक प्रमुख प्रशिक्षक बन्न सक्ने जनाएको छ। यस्तै अर्को एक प्रमूख समाचार पत्र ‘द नेशन’का अनुसार न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हेसन पनि पाकीस्तानी टिमको प्रशिक्षक बन्न लागेका छन्।

अघिल्लो महिना भएको विश्वकपमा पाकिस्तान समूह चरणबाटै बाहिरिएपछि पीसीबीले अनुसन्धान गरेको थियो। त्यसपछि पीसीबीले मूख्य प्रशिक्षक अर्थर सहित सम्पूर्ण कोचिंग स्टाफको अनुबन्ध नबढाउने निर्णय गरेको थियो। कोचिंग स्टाफमा बलिङ कोच अजहर मोहम्मद, ब्याटिङ कोच ग्रान्ट फ्लावर र ट्रेनर ग्रान्ट लुडेन रहेका छन्।

४५ वर्षिय मिस्बाहले पाकिस्तानको लागि ७५ टेस्ट, १६२ एकदिवसीय र ३० टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। सन् २०१०मा पाकिस्तानी टिम स्पट फिक्सिंगमा परेपछि पनि उनले टिमलाई अगाडी बढाएका थिए र धेरै सफलता दिलाएका थिए। यस्तै आईपीएलमा पञ्जावका मूख्य कोच रहेका हेसनले बिहिबार राजिनामा दिएका छन्। उनी एक सिजनमात्र पञ्जावको कोच रहेर राजिनामा दिएपछि उनको नाम पनि पाकिस्तानको कोचको दौडमा आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *