लण्डन आक्रमणमा परेका आर्सनलका दुई खेलाडीले प्रिमियर लिगको पहिलो खेल गुमाउने

डिसी नेपाल
२५ साउन २०७६ ११:४२

एजेन्सी । आर्सनलका मिडफिल्डर मोसिट ओजिल र डिफेन्डर सिड कोलासिनाचले इन्ग्लिश प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेल गुमाउने भएका छन् ।

आर्सनलले सिजनको पहिलो खेलमा आइतबार न्युकासलसँग प्रतिस्पर्धा गर्दैछ । र, उक्त खेलका लागि मुख्य प्रशिक्षक युनाई इम्रीले मिडफिल्डर ओजिल र डिफेन्डर कोलासिनाचलाई टिममा राखेका छैनन् ।

आर्सनलले दुई साताअघि वेस्ट लण्डनमा लुटेराको आक्रमणमा परेका दुवै खेलाडी पूर्ण रुपमा खेल्न तयार नभएको कारण टिममा नराखिएको जनाएको छ । यस्तै आर्सनलले उनीहरु परिवारसँग रहेको र सामान्य अवस्थामा फर्किएपछि दुवै खेलाडी टिममा सामेल हुने जनाएको छ ।

लण्डनस्थित एक सडकमा हतियारधारी समूहले ओजिल र कोलासिनाचलाई लुट्ने प्रयास गरेका थिए । तर, लुटेराहरुको प्रयास विफल भएको थियो ।ओजिल र कोलासिनाचले बहादुरीपूर्ण तरिकाले लुटेराको समूहलाई लखेट्न सफल भएका थिए । लुटेराहरुको आक्रमणमा परेपनि ओजिल र कोलासिनाच सामान्य रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *