फ्रेन्च लिग वानः सिजनको पहिलो खेलमै रातो कार्ड, लियोनको सुखद सुरुवात

डिसी नेपाल
२५ साउन २०७६ १२:१९

एजेन्सी । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजन सुरु भएको छ। शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा मोनाकोलाई ३-० ले पराजित गर्दै लियोनले सिजनको सुखद सुरुवात गरेको हो ।

मोनाकोको घरेलु मैदानमा भएको खेलमा लियोनका लागि मौसा डेम्बेले, मेम्फिस डिपे र लुकास टौसर्टले एक एक गोल गरे । १० खेलाडीमा सिमित मोनाकोविरुद्ध लियोनले खेलको पाँचौ मिनेटमा डेम्बेलेको गोलबाट अग्रता बनाएको थियो । खेलको ३० औं मिनेटमा सेस फेब्रिग्यासले रातो कार्ड पाएपछि मोनाको १० खेलाडीमा समेटिएको थियो ।

खेलको ३६ औं मिनेटमा डिपेले गोल गर्दै लियोनलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा लुकासले गोल गर्दै लियोनलाई ३–० को जित दिलाए । जितसँगै लियोनले पहिलो खेलबाट ३ अंक जोडेको छ । मोनाकोले हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *