जीवनसाथीलाई धोका दिने हाकिमले अफिसलाई दोब्बर धोका दिन्छन्

डिसी नेपाल
२५ साउन २०७६ १२:३५

काठमाडौं। जीवनसाथीलाई धोका दिने कम्पनीका सिइओ र शीर्ष वित्तीय अधिकारीले आफ्नो काममा धोका दिने सम्भावना दोब्बर हुन्छ । आस्टिनको टेक्सास युनिभर्सिटी र इमोरी युनिभर्सिटीको एक तथ्यांक अनुसन्धानमा यो खुलेको हो । यो अध्ययनमा कम्पनीका ठूला अधिकारी र वित्तीय सल्लाहकारको कैयौं महिलाहरुसँग अवैध सम्बनध र कार्यस्थलमा गडबडीको बीचमा गहिरो सम्बनध हुने कुरा प्रमुख रुपमा देखियो ।

२०१५ मा विवाहेत्तर सम्बन्धको लागि विवाहित मानिसहरुको डेटिङ साइट एशले मेडिसिनको डाटा लिक भएको थियो । यसमा कैयौं चर्चित र ठूला मानिहरुको नाम बाहिरिएको थियो । टेक्सास र इमोरी युनिभर्सिटीका वित्तशास्त्रका प्राध्यापकले एशले मेडिसिनको यही लिक भएको डाटाको अध्ययन गरे । अनुसन्धानकर्ताहरुले मुख्यतः ४ किसिमका पेशा भएका ११ हजार मानिसहरुको अध्ययन गरेका थिए ।

यी पेशाहरुमा ब्रोकर, कम्पनीका शीर्ष अधिकारी, अर्कै आवरणमा रहने अपराधी र पुलिस अधिकारीलाई लिइएको थियो । यसमा पब्लिक रेकर्ड र कामको रिपोर्टको अध्ययन गरियो । अनुसन्धानकर्ता ग्रिफिन, जसले पहिले वाल स्ट्रिट व्यभिचारको जाँच गरिसकेका छन्, ले भनेअनुसार एशले मेडिसिनका ग्राहकले पेशागत आचारसंहितालाई अरुको तुलनामा दोब्बर तोडे । अनुसन्धानमा मुख्य रुपमा यो कुरा खुल्यो कि जसले एक ठाउँमा धोका दिए उनीहरुले अन्य काममा पनि धोका दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *