साने सात महिना मैदान बाहिर

डिसी नेपाल
२५ साउन २०७६ १२:४०

एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी तथा जर्मनी राष्ट्रिय टोलीका भरपर्दा विंगर लिरोए साने कम्तीमा सात महिना मैदान बाहिर रहने पक्का भएको छ ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले साने सात महिना मैदान बाहिर रहने पुष्टि गरेका छन् । सानेले लिभरपुलविरुद्ध कम्युनिटी शिल्ड अन्तरगतको खेलमा एन्टेरियर क्रिउसेट लिगामेन्ट (एसिएल) को चोट बोकेका थिए । उनी खेलको १३औं मिनेटमा सोही चोटका कारण मैदानबाट बाहिरिएका थिए । ।

उनको स्थानमा गाब्रियल जेसस मैदान प्रवेश गरेका थिए । खेलमा सिटी पेनाल्टी सुटआउटमा ५–४ ले विजयी हुदै च्याम्पियन बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *