अष्ट्रेलियाका लेजेण्ड शेन वार्न इंग्ल्याण्ड क्लबको मुख्य प्रशिक्षक

डिसी नेपाल
२५ साउन २०७६ १२:४९

एजेन्सी । अष्ट्रेलियाका लेजेण्ड लेग स्पिनर शेन वार्न इंग्ल्याण्डको ‘दि हण्ड्रेड’ लिग टिम लण्डन स्प्रिटको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

लर्ड्सको क्लब लण्डन स्प्रिटले लेजेण्ड वार्नलाई शुक्रबार पहिलो सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पहिलो सिजनको ‘दि हण्ड्रेड’ लिग २०२० को अक्टोबरमा हुनेछ । जसमा ८ टिमले खेल्नेछन् । प्रतियोगिताको हरेक इनिङ्स एक सय बलको हुनेछ ।

क्रिकेट इतिहासमा महान स्पिन बलर मानिने वार्नले १४५ टेष्टमा ७०८ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *