वेष्ट इण्डिजले भारतविरुद्ध पहाडजस्ता खेलाडी उतार्ने, १४० किलो छ तौल

डिसी नेपाल
२५ साउन २०७६ १४:५८

काठमाडौं। वेष्ट इण्डिजले भारतविरुद्ध खेल्ने १३ सदस्यीय टेस्ट टिमको घोषणा गरेको छ । पहिले टोस्ट २२ देखि २६ अगष्टमा र दोस्रो टेस्ट ३० अगष्टदेखि ३ सेप्टेम्बरम्म हुँदैछ । वेष्ट इण्डिजका छनोटकर्ताहरुले २६ वर्षका रहकीम कर्नवाललाई टिममा ल्याएका छन् । यी खेलाडी हेर्दै पहाडजता देखिन्छन् । उनको उचाइ ६ फिट ५ इन्च छ र तौल १४० किलो छ । उनको उचाइ र तौल हेरेर उनलाई क्रिकेटका ‘माउन्टेन म्यान’ भनिन्छ ।

कर्नवालले हालै वेष्ट इण्डिज च्याम्पियनशिपमा लिवार्ड आइल्याण्ड हरिकेन्स र वेष्ट इण्डिज एको लागि प्रथम श्रेणीमा राम्रो प्रदर्शन गरेका थिए । उनले ५५ प्रथम श्रेणी खेलमा २३.९० को औसतले २६० विकेट लिएका छन् । उनले २४.४३ को औतले २२२४ रन बनाएका छन् । उनको नाममा एक शतक र १३ अर्धशतक छन् । लिस्ट ए खेलमा पनि उनको प्रदर्शन राम्रो छ । उनले ४८ खेलमा ३२.६३ को औसतले १२४० रन बनाएका छन् । यस क्रममा उनले ३ अर्धशतक र ४ शतक हाने । लिस्ट एमा उनले ५६ विकेट पनि लिएका छन् । कर्नवालले भारतविरुद्ध आधिकारिक टेस्टमा दुई अर्धशतक हानेका छन् र ४ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *