जम्मु कश्मिरमा गम्भीर भीडन्तको संकेत, भित्रभित्र भइरहेछन् यस्ता गतिविधिहरु
काठमाडौं। जम्मु कश्मिरलाई भारतले केन्द्र शासित प्रदेश बनाएसँगै यहाँ गम्भीर भिडन्तको संकेत देखिएको छ । पीओकेमा दर्जनजति आतंकवादी शिविरहरु सक्रिय भएको भारतीय गुप्तचर एजेन्सीको हवाला दिँदै भारतीय मिडियाले लेखेका छन् । यी शिविरहरुमा पछिल्लो समय निकै सक्रियता देखिएको एजेन्सीको रिपोर्टमा उल्लेख छ । भारतले यसलाई दृष्टिगत गर्दै सुरक्षाबललाई हाइअलर्टमा राखेको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समेत फेरि पुलावामा जस्तो घटना हुन सक्ने आशंका व्यक्त गरेका थिए । उनले यस्तो घटना भएमा भारतले आफूलाई दोष लगाउने समेत आशंका व्यक्त गरेका थिए । खुफिया रिपोर्टमा उल्लेख भएअनुसार जेइएम, एलइटी र तालिबानका लगभग १५० आतंकवादीहरु अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सक्रिय छन् ।
प्रतिक्रिया
Facebook Comment